एमाले सचिवालय बैठकको कार्यसूची तय
काठमाडौं । नेपाल एमालेले भोलि सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले भोलि दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको हाे ।
सचिवालय बैठकमा पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।
