भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न हुँदैन् : हितराज पाण्डे
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने अडान राखेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको कसुरमा हदम्याद राखिएकोमा आपत्ति जनाएका हुन् ।
उनलेले भ्रष्टाचार रोक्नका लागि सरकारले व्यवहारबाटै काम गरेर देखाउनुपर्ने बताए । उनले कडा कानून बनाएर भ्रष्टहरुलाई कारबाही गर्न पनि सरकारलाई दबाब दिए । प्रमुख सचेतक पाण्डेले जनताले अनुभुति हुनेगरी सरकारले सुशासनको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
