'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ'
काठमाडौं । नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रावधान राख्नुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले वर्तमान प्रणालीका कारण राजनीतिक स्थायित्व नभएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले संविधान संशोधनको कुरा उठिरहेको भन्दै सो विषयमा संशोधन गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्ने दाबी गरे । उनले निर्वाचित प्रधानमन्त्री नहुँदा राष्ट्रिय जीवन तहस-नहस हुन लागेको बताएका छन् । उनले संवैधानिक राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताए ।
