sevenstartv.com १९ वैशाख २०८३, शनिवार

बागमती प्रदेश सभा : उद्योग पर्यटन तथा वातावरण समितिको बैठक आज बस्दै

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने तय भएको हो । 

विगत एक वर्ष देखि विचाराधीन विधेयकमाथि छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ  । विभिन्न कारणले सो समितिको बैठक सञ्चालन हुन नसक्दा २०८० असोजमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अड्किएको छ ।

सत्ता समीकरण, सरकार परिवर्तन र बजेटका कारण सो समितिको बैठक सञ्चालन तथा विधेयक माथिको छलफल अघि बढ्न सकेको थिएन । प्रदेशसभा सञ्चालनको बखतमा बसेको सो समितिको बैठकले ३० दफा रहेको हस्तकला ग्राम सम्बन्धी विधेयकको ९ वटा दफाको दफावार छलफल गरेको छ । बैठक आह्वान नहुँदा विधेयकको अन्य दफावार छलफल र संशोधन प्रस्तावले गति लिन सकेको छैन ।

समितिको बैठकले सो विधेयकको दफा छलफल र संशोधन प्रस्ताव टुङ्ग्याउने तयारी गरेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्