sevenstartv.com १९ वैशाख २०८३, शनिवार

प्रभु साहको आरोप : वर्तमान सरकार लुटेराहरुको सरकार हाे

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरुको सरकार भएको आरोप लगाएका छन् । 

काठमाडौंमा मंगलबारदेखि शुरु भएको पार्टीको केन्द्रिय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने बताएका हुन् ।

प्रमुख पार्टीका शिर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाए । अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्न नसकेको गुनासो गरे । 

राज्यको मातहत रहेका संस्थाहरुलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाए । जनतालाई करको बोझ बोकाएर सत्तामा बसेर लुट मच्चाईरहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्