sevenstartv.com १९ वैशाख २०८३, शनिवार

सरकारले भ्रष्टाचारको फाइल खोल्नुपर्ने बेला टिकटक खोलेर समय खेर फालिरहेको छ : सांसद् राई

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । माओवादी केन्द्रका सांसद् रामकुमार राईले सरकारले भ्रष्टाचारको फाइल खोल्नुपर्ने बेला टिकटक खोलेर समय खेर फालिरहेको बताएका छन्  । आज प्रतिनिधिसभा बैठकमा सांसद् राईले यस्तो बताएका हुन् । 

‘सरकारले भ्रष्टाचारको सूचना दिने हदम्याद पाँच वर्षको राख्न खोजेको छ। यसमा मेरो घोर आपत्ति छ’, सांसद राईले थपे, ‘भ्रष्टाचारको फाइल खोल्छ कि भन्दा त आज टिकटक पो खोल्यो। भ्रष्टाचारीलाई कारबाही कहिले शुरु हुन्छ ?

सांसद् राईले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी माओवादीलाई दिनुपर्ने माग पनि उठाए । सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने हिजोदेखिकै चलन र नियमावली छ’, उनले भने, ‘यो सरकार बनेको दुई महिना भयो। सरकारले प्रतिपक्षीलाई कहिले सार्वजनिक लेखा समिति दिन्छ ?’ 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्