माओवादी अब सत्ताको खेलमा लाग्ने छैन : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र अब सत्ताको खेलमा नलाग्ने दाबी गरेका छन् । आज प्रतिनिधिसभामा उनले माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउने बताएका हुन् ।
उनले भने, ‘माओवादी अब सत्ताको खेलमा लाग्ने छैन । तपाईँहरूसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन । माओवादी भनेको आन्दोलन हो । यस बिचमा केही कमजोरी भयो । त्यही कमजोरीमा खेलेर विभिन्न खालको चलखेल भएको छ ।’
उनले माओवादीको ध्यान अव सत्ताको चलखेलमा नभएको र संविधान मार्फत हुने चलखेल रोक्न र जनताको कुरा उठाउनमा भएको दाबी गरे ।
