sevenstartv.com १९ वैशाख २०८३, शनिवार

माओवादी अध्यक्ष दाहालले आज संसदमा संबोधन गर्ने

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको विशेष समयमा उनले पछिल्लो राजनीतिक अवस्था, संक्रमणकालीन न्याय र समसामयिक विषयमा धारणा राख्ने बताइएको छ ।

 बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम समेत रहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्