sevenstartv.com १९ वैशाख २०८३, शनिवार

कांग्रेस महामन्त्रीद्वयसँग छलफल गर्दै सभापति देउवा

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गर्ने भएका छन् । बिहान ११ बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् । पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जनका लागि महामन्त्रीद्वयसँग सहमति जुटाउने प्रयास गरेका हुन् ।

महासमिति बैठकमा राखिएको महामन्त्री थापाको कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्ताव तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावमा केन्द्रीय समितिमा मतभेद छ ।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ । सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्