sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेपालमा कमजोर शक्ति नै राज्य सत्ता सञ्चालनमा निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको छ : शंकर पोखरेल

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा कमजोर शक्ति नै राज्य सत्ता सञ्चालनमा निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् । 

आज नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताएका हुन् । 
कानूनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने भन्दै उनले नेपालको कानूनले नै पार्टीहरूलाई बलियो हुन रोकको टिप्पणी गरे । 

कानूनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलियो हुनबाट रोकेको पोखरेलको तर्क छ । राष्ट्रिय पार्टी नहुने दलका सांसदलाई स्वतन्त्र हैसियतमा राख्ने गरी कानूनी व्यवस्था हुनुपर्ने उनको भनाई छ । राजनीति अस्थिरताको बीचमा नागरिकको लोकतन्त्रप्रतिको भरोसा जोगाएर राख्न नसकिएकाले मुलुकलाई बर्बादीबाट जोगाउन कांग्रेस-एमालेले पहल लिनुपरेको पोखरेलले बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्