'सुशासन, दिगो शान्ति, विकास र सम्वृद्धि प्राप्ती गर्न अगाडि बढेका छौं'
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यमा पुर्याउनका साथ अघि बढिरहेको बताएका छन् ।
दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पुर्याउने र मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको गृहमन्त्री लेखकले बताएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन समारोहमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने र अघि बढाउने उद्देश्य लिएको बताए । गृहमन्त्री लेखकले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने नेतृत्वको रुपमा मुलुकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको पनि बताएका छन् ।
