sevenstartv.com १९ वैशाख २०८३, शनिवार

अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनतामाझ भ्रम नछर्न मेयर शाहको आग्रह

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनतामाझ भ्रम नछर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताले जनता माझ भ्रम नछरिदिन भनेका हुन् ।

उनले लेखेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो । उनले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्