अहिलेको सरकारले भात रोटी खान्छ, घुस खाँदैन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने प्रतिवद्धता जनाएका छन् ।
नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामून्य प्रतिवद्धता जनाएका हुन् ।
उनले सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरुका घर घर नधाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले काठमाडौं प्रहरी परिसर अत्याधुनिक भवनमा सरेकोमा उनले धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए । कर्तव्य पालनका लागि उनले निष्पक्ष र दबाब रहित गर्न आग्रह गरे ।
