sevenstartv.com १९ वैशाख २०८३, शनिवार

राष्ट्रपति पौडेल भोलि पाल्पा जाने

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । ऐतिहासिक भगवती जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल भोलि तानसेन जाने भएका छन् ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकन गर्न उनी तानसेन जाने कार्यक्रम तय भएको हो । राष्ट्रपति पौडेलले भगवतीको दर्शन, पूजा गर्नुका साथै रथ परिक्रमाको अवलोकन गर्ने र भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको छ । 

वि.सं. १८७१/०७२ मा नेपाल-अङ्ग्रेज युद्धमा अङ्ग्रेज फौजलाई पराजित गरेपछि तत्कालीन कर्णेल उजिरसिंह थापाले भगवती जात्रा चलाएका थिए। भगवतीको भाकल गरेर युद्धमा विजयी भएपछि कर्णेल थापाले १८७७ देखि भगवतीको रथ तानसेन बजारमा परिक्रमा गराउने चलन चलाको बताइन्छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्