sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।

थापागाउँस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।

जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल महाधिवेशनको हलबाट निर्वाचित भएका थिए । बाँकी १८ सदस्य पदाधिकारी चयन गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्