sevenstartv.com १९ वैशाख २०८३, शनिवार

दूध र उखु किसानको बक्यौता दशैँअघि नै भुक्तानी गर्छौं : कृषिमन्त्री

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानी दिने बताएका छन् । 

आज मन्त्रालयमा पत्रकारसँगको भेटघाटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानि एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताएका हुन् । 

उनले उक्त रकम भुक्तानीको लागि दुध विकास संस्थान ९डीडीसी०लाई  ६० करोड रुपैयाँ उपलब्ध गराउने योजना रहेको बताए । मन्त्री अधिकारीले दुध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताउँदै दुध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको दाबी गरे ।

 उनले सरकारले किसानसँग उधारो दुध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने बताएका छन् । उनले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्