प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको छ : सांसद् चन्द
काठमाडाैं । नेकपा माओवादी केन्द्रकी सांसद् रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताएकी छन् ।
आज राष्ट्रिय सभाको बैठकमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा माओवादी केन्द्रको धारणा रहेको बताएकी हुन् ।
उनले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनुपर्ने बताइन् । उनले चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय नराखेकाले जनअनुमोदित बनाएर मात्रै संविधान संशोधन हुनुपर्ने बताएकी छन् ।
