राष्ट्रिय सहमति आजको आवश्यकता हाे : सांसद् शर्मा
काठमाडौं । नेपाली कांग्रेसका सांसद् युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा सांसद् शर्माले सबै क्षेत्रमा क्रान्तिकारी रुपान्तरण तथा सुधारवादी सोच र कदममा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् ।
उनले राष्ट्रिय सहमति बेगर राष्ट्रलाई एक कदम पनि अघि बढाउन नसकिने उल्लेख गरे ।
उनले आज विद्यार्थी संगठनहरु माथि ठूलो सवाल खडा भइरहेको बताएका छन् । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदंगा गर्ने अवस्था सिर्जना भएको भन्दै उनले दुःख व्यक्त गरे ।
