sevenstartv.com १९ वैशाख २०८३, शनिवार

सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग सांसद् बिसीकाे आग्रह

९ भदौ २०८१, आइतवार स्टार संवाददाता


काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद् सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गरेकी छन् । 

आज राष्ट्रिय सभाको बैठकमा सांसद् बिसीले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारीता नदेखिएको बताएकी हुन्  ।

उनले ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गर्दा पनि समयमै काम सम्पन्न हुन नसकेको बताएकी छन् । उनले सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाहरुबारे गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताइन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्