sevenstartv.com २० वैशाख २०८३, आइतवार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ ।  भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने बताइएको छ । 

केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेन्डा तय भएको जनाइएको छ । सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो ।

 पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्