एमालेको केन्द्रीय कार्यालय बैठक भोली
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक आइतबार बोलाएको छ ।
आइतबार बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बोलाइएको छ । महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्नेछ ।
केही दिनपछि एमालेको सचिवालय बैठक बस्दैछ । सचिवालयका लागि एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बोलाइएको बताइएको छ ।
आगामी मंगलबार सचिवालय बैठक बस्ने तयारी भइरहेको एमालेले जनाएको छ ।
