sevenstartv.com २० वैशाख २०८३, आइतवार

एमालेसँगको गठबन्धन स्थायी सरकारका लागि : कांग्रेस नेता राणा

८ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले एमालेसँगको गठबन्धन स्थायी सरकारका लागि भएको बताउनुभएको छ ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण श्रेष्ठलाई बधाई तथा शुभकामना दिन कांग्रेस महालक्ष्मी नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अहिलेको गठबन्धन विकास र समृद्धीका लागि भएको बताउनुभयो । स्थिर सरकार बनाउँन नसक्दा संघ र प्रदेशको काम प्रभावकारी हुन नसकेको भन्दै उहाँले दुई ठूला दल एक ठाउँमा उभिदा यस्तो समस्या नआउने बताउनुभयो  । 

कार्यक्रममा बोल्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नागरिकको आकांक्षा अनुसार काम गर्ने बताउनुभयो । अस्थिरताका कारण यसअघि प्रदेश सरकारको काम प्रभावकारी नभएको भन्दै उहाँले अहिलेको गठबन्धनमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले पार्टीको शिर ठाडो हुने गरी काम गर्न आग्रह गर्नुभयो । ०००

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्