sevenstartv.com २० वैशाख २०८३, आइतवार

तनहुँ बस दुर्घटनाका घाइतेहरुको उपचारमा कमी हुने छैन : गृहमन्त्री

८ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुगेका हुन् । सोही क्रममा गृहमन्त्री लेखकले घटना दुःखद भए पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए ।

यस्तै, उनले घाइतेहरूको उपचार भइरहेको भन्दै केहीको अवस्था गम्भीर र केहीको अवस्था सुधारात्मक रहेको बताए ।  शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्