एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको पूर्ण बैठक, पदाधिकारीको टुङ्गो लगाइने
बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा आइतबारदेखि मंगलबारसम्म बस्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बोलाएको छ ।
एकीकृत समाजवादीले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको हो ।
पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मङ्गलबारसम्म बस्ने जनाइएको छ ।
