sevenstartv.com २० वैशाख २०८३, आइतवार

विशेष समितिले रास्वपा सभापति लामिछानेसँग बयान लिँदै

७ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ । 

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताए । 

लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ । उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्