कांग्रेस र एमालेलाई त्रिविको सम्पती बाँडेर पार्टी कार्यालय बनाउन सांसद् सिंहकाे सुझाव
काठमाडौं । स्वतन्त्र सांसद् डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा-आधा बाँडेर लिन सुझाव दिएका हुन् ।
उनले नेपाली विद्यार्थीहरुलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए ।
उनले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरुले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताएका छन् । नले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताए ।
