sevenstartv.com २० वैशाख २०८३, आइतवार

'चाँडै प्रहरी समायोजन हुन्छ'

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लग्ने बताएका छन् ।

आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार बनाउन मस्यौदा तयार भइरहेको बताएका हुन् । मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भइसकेको उनले बताए ।

अर्थ मन्त्रालयले सहमति दिएपछि सो मस्यौदा मन्त्रिपरिषदमा लैजाने समेत मन्त्री लेखकले बताए । मन्त्रिपरिषदबाट पास भएपछि त्यसलाई संसदमा लग्ने उनले बताएका हुन् । गृह मन्त्रालयले बनाएको उक्त मस्यौदा संसदबाट पारित भएसँगै प्रहरी समायोजन ऐनअनुसार प्रदेश प्रहरी गठन प्रक्रिया शुरु हुने उनको भनाइ छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्