sevenstartv.com २० वैशाख २०८३, आइतवार

परराष्ट्रमन्त्री राणा स्वदेश फर्किँदै

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । भारतको ५ दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन्। अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ । 

भारतीय समकक्षी एस. जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन् । परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत विषयमा गम्भीर छलफल भए पनि सीमामा देखिएका समस्याबारे भने कुरा हुन सकेन ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्