बङ्गलादेशमा विमान दुर्घटना : मर्नेको सङ्ख्या २० पुग्यो
काठमाडौं । बङ्गलादेशमा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या २० पुगेको छ । सो दुर्घटनामा १७० जना घाइते भएका छन् ।
एयर फोर्सको ट्रेनिङ जेट बङ्गलादेशको स्कुल क्याम्पसको हातमा विस्फोट भएको हो। उत्तरामा रहेको माइल स्टोन स्कुल एन्ड कलेजबाट लिइएको फुटेजमा धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ ।
मर्नेमध्ये धेरै जना विद्यार्थी छन्। उनीहरू विद्यालय छुटेर घर फर्कने क्रममा थिए । सैन्य प्रशासनबाट जारी विज्ञप्ति अनुसार मोहम्मद ताउकिर इस्लामले उडान भरेका थिए। उनले कम जनघनत्व भएको स्थान छानेर अभ्यास गरिरहेको समयमा विमानमा समस्या भएको हो । घटनाको छानबिन गर्न समिति बनाइएको छ ।
