sevenstartv.com २७ जेठ २०८३, बुधवार

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, १० जनाको मृत्यु

२६ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । अमेरिका–इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन । पूर्वी लेबनानमा अन्त्येष्टि क्रममा इजरायली आक्रमण हुँदा १० जना मारिएका छन् ।

इजरायलले पूर्वी लेबनानको बेका उपत्यकास्थित स्हेस्टार गाउँमा रहेको चिहानस्थलमा हवाई आक्रमण गरेको छ । उक्त आक्रमण अन्त्येष्टि कार्यक्रममा सहभागी भएकामाथि भएको बताइएको छ, जसमा कम्तीमा १० जनाको ज्यान गएको छ भने थप चार जना घाइते भएका छन् । बुधबार मात्रै इजरायलले अन्तिम संस्कारमा सहभागी मलामीहरूमाथि आक्रमण गर्दा कम्तीमा १० जना मारिएका छन् । समाचार एजेन्सीका अनुसार दक्षिणी लेबनानको तटीय सहर अद्लोयुनमामा गरेको हवाई आक्रमणमा कम्तीमा तीन बालिकाको ज्यान गएको छ । 

यो आक्रमण देशभरि एकैपटक गरिएका दर्जनौँ हमलामध्ये एक थियो, जसमा सयौँ मानिस मारिएका र घाइते भएका छन् । मंगलबार राति युद्धविराम घोषणा भएपछि मानिसहरू यसपटक शान्ति कायम हुने र लेबनान पनि त्यसमा समेटिने आशामा थिए । तर बिहानै इजरायली सेनाले जारी गरेको चेतावनीपछि लेबनान उक्त युद्धविराममा समावेश नभएको स्पष्ट भयो । इजरायली सेनाले देशव्यापी ठूलो आक्रमण अघि विभिन्न चेतावनी जारी गरेको थियो। तीमध्ये अल अब्बासियस क्षेत्र पनि निशानामा परेको थियो ।

त्यसैगरी, ट्यर्रे सहरको बाहिरी क्षेत्रमा पनि आक्रमण गरिएको छ। भूमध्यसागरमा फैलिएको सानो प्रायद्वीपमा रहेको सहरको केन्द्रमै दुई वटा क्षेप्यास्त्र खसेका थिए । युद्धविराम घोषणापछि दक्षिणी लेबनान फर्किन खोजिरहेका मानिसहरू राति उत्तरबाट दक्षिणतर्फ गइरहेका थिए। तर अहिले यहाँका बासिन्दाहरूलाई युद्धविराम लागू नभएको स्पष्ट भइसकेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्