sevenstartv.com ११ जेठ २०८३, सोमवार

अमेरिकी पेट्रोल पम्पहरुको ‘ट्याङ्क रिडर’ प्रणाली ह्याक

२ जेठ २०८३, शनिवार स्टार संवाददाता

काठमाडौँ । अमेरिकाका विभिन्न ग्यास स्टेशनमा प्रयोग हुने इन्धन भण्डारण निगरानी प्रणाली (ट्याङ्क रिडर) ह्याक भएको घटना बाहिरिएको छ । अमेरिकी अधिकारीहरूले यस साइबर आक्रमणमा इरानसम्बद्ध समूहहरूको संलग्नता हुन सक्ने आशंका गरेको जनाइएको छ ।

सीएनएनको रिपोर्टअनुसार, ह्याकरहरूले पेट्रोल पम्पमा रहेका डिजिटल ट्याङ्क रिडर प्रणालीमा अनधिकृत पहुँच बनाएको बताइएको छ । यी प्रणालीहरू इन्धनको मात्रा, चुहावट र आपूर्ति निगरानी गर्न प्रयोग गरिन्छ । जुन प्रविधिले निगरानीको काम गरिरहेको थियो त्यही प्रविधि ह्याक गर्ने हिम्मत इरानसम्बद्ध समूह कै हुनु पर्ने आकलन गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्