राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १स्१५ बजे शुरु हुनेछ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०७९’ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
