sevenstartv.com २० वैशाख २०८३, आइतवार

धरहरा खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन्  । 

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागेको बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले भने, 'धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ ।’ 

यसअघि सरकार अस्थिर हुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै उनले हाल संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने बताए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्