sevenstartv.com २० वैशाख २०८३, आइतवार

रास्वपा स्थानीय तहको उपनिर्वाचनमा भाग लिन्छ : सभापति लामिछाने

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका हुन् ।

 उनले निर्वाचनका लागि कुन ढंगले अगाडी बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिएका छन् ।  पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निस्कर्षमा पुगिने उनको भनाई छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्