शिक्षामन्त्री भट्टराईलाई सुमना श्रेष्ठको प्रश्न- काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने
काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्री विद्या भट्टराईमाथि उच्च मनोबलका साथ त्रिवि पदाधिकारीलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने भन्दै प्रश्न गरेकी छन् ।
शिक्षामन्त्री भट्टराईले त्रिविका पदाधिकारीलाई असुरक्षा भएको भन्दै आज गृहमन्त्रीसँग सुरक्षाको व्यवस्था गर्न माग गरेपछि श्रेष्ठले प्रश्न उठाएकी हुन् ।
उनले पछिल्लो समय किन गुण्डाहरूको मनोबल बढेको भन्दै प्रश्न गरिन् । ‘शिक्षामन्त्रीको सुरक्षाको माग छ, जनतासँग-बहस चलोस् भनेर रे, शिक्षामन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोबलका साथ पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्नेरु दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, आपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने ? अब के जनताले राजनीतिक प्रश्रय पाएका गुण्डासँग भिड्न आउनुपर्ने होरु वास्तवमा, काम गर्यो भने सकिन्छ,अहिलेको दुई तिहाइको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी ? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नुपर्ने हो ?’
उनले यसै विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेको पनि बताइन्।
