sevenstartv.com २० वैशाख २०८३, आइतवार

साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना गर्नुपर्छ : प्रधानमन्त्री ओली

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।

आज स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै उनले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् । 

उनले उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे। 'हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी  उधमशीलता वृद्धि गर्नुपर्ने छ। सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न। यसलाई अभियानका रूपमा लानुपर्छ। देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन ।'

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्