माओवादीको पदाधिकारी बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदैछ ।
साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको लागि प्रदेशस्तरीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरे अनुसार आज बागमती प्रदेशको बैठक बस्न लागेको हो ।
अहिले पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले बताए । पदाधिकारी बैठकपछि बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसहितको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने छ । भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।
बागमतीको बैठकपछि उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा रहेका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्ने तय भएको छ । गण्डकी प्रदेशको बैठक भदौ ९ र १० गते बस्नेछ ।
प्रदेश परामर्श समिति र मोर्चा कमिटीहरूको बैठक असोज ३ गतेसम्म सम्पन्न गर्ने माओवादीको लक्ष्य छ ।
