sevenstartv.com २० वैशाख २०८३, आइतवार

'देश र जनताका लागि अझै धेरै कामहरु गर्न बाँकी छ'

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताएका छन् ।

स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बर्ताएका हुन् । 

उनले राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिन सक्नुपर्ने बताए । उनले राम्रा कुराको जिम्मेवारी लिने र अप्रिय कामको जिम्मेवारी संविधानलाई बोकाउने कुरा समस्याको समाधान नभएको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्