sevenstartv.com २० वैशाख २०८३, आइतवार

वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि बनाइएकाे हैन : सभापति देउवा

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाइएको स्पष्ट पारेका छन् ।  

आज राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको गठबन्धन कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पारेका हुन् । उनले भने‚ ‘गठबन्धन अरू पार्टीको खिलाफ हैन । माओवादी‚ माधवजीको पार्टी लगायत सबैलाई एक गरेर लैजाने, सबैलाई एक साथ राखेर अघि बढ्ने हो ।’

उनले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउन कसैले दबाब नदिएको पनि बताए । देउवाले संविधान संशोधन सबै दलहरूको सल्लाह सुझावमा नै हुने भएकाले कुनै पनि शङ्का उपशङ्का नगर्न आग्रह गरे । 

सभापति देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने समेत दाबी गरे । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्