मध्यरातको सहमतिको नियतमै प्रश्न छ : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस र एमालेबीच मध्यरातमा भएको सहमति स्वीकार्य नहुने बताएका छन् । कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधान संशोधन गर्ने भए खुला बहस गर्न चुनौती दिएका हुन् ।
उनले भने , ‘.मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुनसक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ । अहिले बहसको कुरा नल्याउने, अचानक मध्यरातमा हस्ताक्षर गर्नाले नियतमाथि प्रश्न उठेको छ । त्यही कुरा मैलै उठाइरहेको छु ।’
उनले जनता र देशका निम्ति समर्पित भएर अघि बढ्नुपर्ने बताए ।
