राष्ट्रिय कृषि ऐन ल्याउने सरकारकाे तयारी
काठमाडौं । सरकारले राष्ट्रिय कृषि ऐन ल्याउने तयारी भइरहेको जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले आज कृषि ऐन ल्याउने तयारी भइरहेको बताएका हुन् । एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको अधिकारीको भनाइ छ ।
मन्त्री अधिकारीले किसानको हितका लागि काम गर्ने योजना आफूले बनाएको सञ्चारकर्मीहरूसँग बताए ।
