sevenstartv.com २० वैशाख २०८३, आइतवार

समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडाैं । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने भएको छ  । मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने बताइएकाे छ  । 

यसअघि आइतबार बस्ने भनिएको बैठक संयोजक खड्गबहादुर विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो । साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो ।

एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन । सचिवालयमा श्रेष्ठसहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपाका  प्रवक्ता विश्वकर्मा र एकीकृत समाजवादीका नेता प्रमेश हमाल हुनुहुन्छ ।।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्