देशको राजनीति पेचिलो अवस्थामा छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताएका हुन् । उनले एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताए ।
उनले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको जनाए । उनले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन् ।
