sevenstartv.com २० वैशाख २०८३, आइतवार

'भारतसँगको सम्बन्धमा चुनौतिको पहाड नै भएपनि सुधार्न अनुकूल सरकार छ'

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन् । 

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताएका हुन् । पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा.राणा इमान्दारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताए ।

नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको जिकिर गरे । उनले समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउन सके धेरै काम गर्न सकिने बताएका छन् । उनले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्