sevenstartv.com २० वैशाख २०८३, आइतवार

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडाैं । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा तामाकोशी गाउँपालिका–३ का काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्ताको शपथ ग्रहण भदौ ५ गते हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्