विशेष समितिले पाँच सहकारी सञ्चालकको बयान लिँदै
काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ ।
केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागेको समितिका सदस्य लेखनाथ दाहालले बताए । समितिको बैठक बिहान ११ बजे बस्नेछ । समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित छविलाल जोशीको भने ७ गते गतेमात्रै बयान लिने तयारी गरिएको छ । समितिले विभिन्न प्रमाणका आधारमा प्रतिवेदन लेखन शुरु गरिसकेको समिति सदस्य दाहालले बताएका छन् ।
