sevenstartv.com २० वैशाख २०८३, आइतवार

चार संसदीय समितिको बैठक बस्दै

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । चार संसदीय समितिको बैठक आज बस्ने भएको छ । कानून, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने छ ।

महिला समितिको बैठक बिहान ११ बजे नै बस्ने छ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ । पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।

बिहान ११ः३० मा बस्न् कृषि समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईएरआईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ।

.

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्