लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन
काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् ।
बुटवलस्थित मुख्यमन्त्रीको निवासमा शनिबार बसेको संसदीय दलको वैठकले यसअघि उपनेता रहेका आचार्यलाई नेता चयन गरेको हो । यस्तै उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन भएका छन् ।
संसदीय दलका नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् । चौधरी यसअघि पनि प्रमुख सचेतक थिए । सचेतकमा भने दाङकी रेखाकुमारी शर्मा थिइन् ।
यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका दिए ।
