प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्री निवास बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्रीकाे सचिवालयले बताएकाे छ।
देउवासँगको भेटबारे जानकारी दिँदै प्रधानमन्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए ।’
उनले सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा देउवासँग कुरा गरेको बताए ।
