sevenstartv.com २० वैशाख २०८३, आइतवार

'कन्सल्टेन्सीहरुमाथि सरकारले अनुसन्धान गरिरहेको छ'

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कन्सल्टेन्सीहरुको नाममा गैरकानूनी रुपमा नेपालीहरुलाई विदेश पठाउने काम भइरहेको भन्दै यसबारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् । 

आज प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्रको नाममा नेपालीहरुलाई विदेश पठाइएको भन्दै यस बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका हुन् ।

उनले एउटै व्यक्तिले म्यानपावर कम्पनी र कन्सल्टेन्सी खोल्ने गरेको र म्यानपावरबाट नभई कन्सल्टेन्सीबाट विदेश पठाउने गरेको भन्दै यसप्रकारको काम गर्नेलाई कारबाही गरिने बताए ।  यो विषय सरकारको मात्रै विषय नभएकोले व्यवसायीहरुलाई पनि आफूले ध्यानाकर्षण गराएको उनले बताएका छन् । उनले म्यानपावर कम्पनी खोलेर दुई वर्षसम्म एक जना मान्छे नपठाउने कम्पनीहरुले आशंका जन्माएको पनि उनले बताए ।

उनले मन्त्रिपरिषद्को बिहीबारको बैठकले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतप्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१/०८२ का लागि नविकरण गर्न दिनेगरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्